nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भब्यरुपमा होली सम्पन्न, संकलित रकमले प्रतिक्षालय बनाउने

28684967_298976750629464_-1520074370.jpg

रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा थाहा नगरपालिकामा रहको ऐतिहसिक ऋषेश्वर मन्दिरमा लाग्ने मेला भब्यरुपमा सम्पन्न भएको छ । ओलीको अघिल्लो दिन रातभर बत्ति बाल्ने र हालीको दिन बिशेषरुपमा पुजापाठ हुनुका साथै होली खेल्ने चलन अनुसनर नै यो बर्षको फागु पुर्णिमा सम्पन्न भएको हो । मन्दिर परिसरमा बिहानै देखि थाहा कला केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुुक्त रूपमा सरसफाइ तथा स्वयंसेवक रुपमा रहेर भक्तजनहरुलाई पुजापाठमा सहजता प्रदान गरेका थिए भने संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न सामाजीक कार्यहरु गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक कार्यहरुलाई निरन्तरता दिदैँ मन्दिरमा पुगेका भक्तजनहरुलाई निःशुल्क शुद्ध पिउने पानी समेत वितरण गरेका थिए । मन्दिरमा दर्शन गर्न सजिलो होस् उद्देश्यले लाइन व्यवस्थापनको लागि स्वयंसेवकको भुमिका समेत निर्वाह गरेको बैंककी शाखा प्रबन्धक संगिता बज्रचार्यले बताइन् । 
पुर्णिमाको अवसरमा ऋषेश्वर मन्दिरमा खटिएका थाहा कला केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले स्वयंसेवकको रुपमा सक्रिय भएर काम गर्नुका साथै मन्दिरमा चढाएको भेटी सङकलन गरी मन्दिरमा रहेका ऋषेश्वर सामुदायिक बन उपभोक्ता समितिका बन हेरालुलाइ हस्तान्तरण गरेका छन । मन्दिरमा भेटी स्वरुप संकलन भएको रकम २४ हजार ९ सय ३० रुपैया जम्मा गरी मन्दिरमा रहेका ऋषेश्वर सामुदायिक बन उपभोक्ता समितिका बन हेरालुलाइ बिष्णु बहादुर रायमाझीलाई हस्तान्तरण गरेको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । मन्दिरबाट हाल सम्म संकलन भएका रकमको सहि सदुपयोग गर्दै मन्दिरमा आउने भक्तजनहरुको सुबिधाका लागि प्रतिक्षालय निर्माण गर्ने योजना रहेको ऋषेश्वर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजेश केसीले बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।