Wednesday, 17th June, 2026
वि.स.

भन्सार छली ल्याएका कपडा वरामद

kapda-1602483171.jpg

जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । 

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो । 

भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिईएको हो । 

ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आबश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ ।रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०