nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भक्तपुरको बिस्केट जात्रामा रोक

bbb-1617609707.jpg

कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ ।

स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । उनले भने, ‘रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको छ ।’

प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

सो भिडले कोभिड–१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम गत वर्षजस्तै नगर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)