Saturday, 20th June, 2026
वि.स.

ब्राउन सुगरसहित दुईजना पक्राउ

2-1610348886.jpg

 दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् ।

दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको खानतलासी गर्दा गुरुङको साथबाट ४० पोका लागूऔषध ब्राउन सुगर र रोकायाको साथबाट ३४ हजार नगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनालाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिएर आवश्यक अनसुन्धान भइरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०