Tuesday, 16th June, 2026
वि.स.

बेरोजगारका रुपमा दर्ता हुन एक महिनाको समय थपियो

berojgar-1594911661.jpg

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचीकृत हुन सरकारले एक महिनाको समय दिएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ देखि २०७७ भदौ ७ सम्म समय तोकिएको हो । यसरी सूचीकृत भएका नागरिकलाई सय दिनसम्मको रोजगारी पाउने सरकारले बताएको छ । स्थानीय तहमा साना विकासे आयोजना सञ्चालन गरेर रोजगारी दिने गरी सरकारले कार्यक्रम चलाउँदै आएको छ ।

गत चैत्र १ देखि सूचीकरण सुरु भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र चैत ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण काम प्रभावित थियो । अब बेरोजगार नागरिकले निवेदन दिने समय सीमा भदौ ७ सम्म कायम भएको छ ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट वेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचीकरणको आवश्यक व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०