Saturday, 20th June, 2026
वि.स.

बुर्कामाथि प्रतिबन्ध लगाउँदै श्रीलंका

burka-1615704267.jpg

 श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।

यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् । अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिटै नै कार्यान्वयनमा आउने बताएका छन् ।

सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । यो नियम पारित गर्न अब संसद्ले यसलाई स्वीकृति दिनु जरुरी हुन्छ । श्रीलंकामा इस्टरको दिनमा विभिन्न चर्चमा भएको करिब दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय गरेको हो ।

सन् २०१९ को अप्रिलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाती आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

श्रीलंकाले बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताए । त्यस्तै सरकारले कसैलाई आफ्नो तरिकाले विद्यालय खोलेर पढाउने छुट नभएको र सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०