Saturday, 20th June, 2026
वि.स.

बुधवारदेखि फेरि पानी पर्ने सम्भावना

222-1612780133.jpg

मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् । 

ग​​एको शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेको वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताए। 

मौसमविद् शाक्यका अनुसार आउँदो बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएको शुक्रवार र शनिवार काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।  

आइतवारदेखि मौसम सुधार भएर गर्मी बढ्न थालेको भए पनि फेरि चिसो बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार आउन लागेको पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै ठाउँमा वर्षा हुनेछ ।  

काठमाण्डौसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

सोमवार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले बताउनुभयो । मङ्गलवार ९भोलि० सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०