Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

बुद्ध निमाविमा पुनः डम्बर लामा

आग्राको बुद्ध निमाविमा पुनः डम्बर लामा व्यवस्थापन समितिको अध्यक्ष चुनिएका छन् । शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार लामा अध्यक्ष चयन भएका हुन् । 
पुनर्गठित बिद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सीतामाया गोले, इन्द्रकुमारी थापा, रामकृष्ण घलान, पाल्देन लामा, जानकी लामा र जमुना नेपाल रहेका छन् । त्यस्तै सदस्य सचिबमा नियम अनुसार विद्यालयका प्रधानाध्यापक सूर्य थिङ रहेका छन् । 
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समाजसेवी गौतमबुद्ध लामा, जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनाराण चौधरी, श्रोत व्यक्ति रामकुमार ठाकुर लगायतले शुभकामना दिएका थिए ।