Monday, 15th June, 2026
वि.स.

बुटवलमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

corona-1585560969.jpg

बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ । मृत्यु भएपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो ।

टेकुमा गरिएको दुई पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । दुवईबाट चैत ६ गते नेपाल आएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो । स्वाब परीक्षण नगरी अस्पतालले बिरामी राख्दा मृत्यु भएको उनकी श्रीमतीले बताएकी छन् ।

ज्वरो देखिएका उनले केही दिनअघि टाइफाइड भएको भन्दै औषधि पनि खाइरहेका थिए । आइसीयु समेत नरहेको अस्पतालमा राखिएकै कारण उनको मृत्यु भएको दाबि गरिएको छ । अस्पतालले भने अकस्मात श्वासप्रश्वासमा समस्या देखिएकाले मृत्यु भएको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०