Friday, 19th June, 2026
वि.स.

बीमा कम्पनीले दुई करोड दिने

bima-1585898211.jpg

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड सहयोग गर्ने भएको छ ।

कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिए । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीति अनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

कम्पनीले सङघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा पाँच लाखका दरले ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

bima-1585898212.jpg