Tuesday, 16th June, 2026
वि.स.

बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

mausam-1591162133.jpg

अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा बिहीबार देखि वर्षा हुने मौसमविद्ले बताएका छन् ।चक्रवातको प्रभाव बुधबार दिउँसोबाटै देखिने र बिहीबारदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताइ्न । भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेको विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।

नेपालमा बिहीबार मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताइन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०