nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाल श्रम मुक्त जिल्ला बनाउन व्यवसायीको मुख्य भूमिका रहने

MCCi-1480661760.jpg

मकवानपुर उद्योग वाणिज्य संघ तथा बाल कल्याण समाजको संयुक्त आयोजनामा आज हेटौंडामा वाल श्रम न्युनीकरण तथा सुरक्षा विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यक्रम मकवानपुरमा रहेका निर्माण व्यवसायी, सुनचाँदी व्यवसायी, ट्र्याक्टर व्यवसायी र क्रसर उद्योग व्यवसायीहरुका बीच गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव महेन्द्र राउतले धेरै बाल श्रम व्यवसायिक प्रतिष्ठानमै हुने भएको र व्यवसायीहरुका बीचनै अन्तक्र्रिया राखिएकोले कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । बाल कल्याण समाजका कार्यक्रम संयोजक प्रकाश खतिवडाले मकवानपुरलाई बाल श्रम मुक्त जिल्लाको रुपमा स्थापित गर्न व्यवसायीहरुको नै मुख्य भूमिका रहने भएकोले यसका लागि सँगै हातेमालो गर्न आग्रह गर्नु भएको थियो । अन्तक्र्रियालाई हेटौंडा उपमहानगरपालिकाका भीम तिमल्सिनाले बाल श्रम मुक्त गराउन सरकारी तबरले मात्र सम्भव नहुने भएकोले यसका लागि गैरसरकारी संघ संगठनको भूमिका अनिवार्य रहने धारणा व्यक्त गर्नु भएको थियो । 

हेटौंडा उपमहानगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालन भएको अन्तक्र्रिया कार्यक्रमलाई अधिवक्ता मन प्रसाद भट्टराईले सहजीकरण गर्नु भएको थियो । अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुको बाल श्रम सम्बन्धी जिज्ञासा र प्रश्नहरुलाई अधिवक्ता भट्टराईले जवाफ दिनु भएको थियो । 

करीब ३५ जना व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य माधव न्यौपाने, कार्यालय सचिव विवेक मानन्धर, कार्यक्रम अधिकृत देवराज पन्त, बाल कल्याण समाजका सहजकर्ता श्रद्धा प्रधान, खोमराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । मकवानपुर जिल्लालाई बाल श्रम मुक्त जिल्ला बनाउने अभियानलाई सार्थक बनाउने उद्देश्यले केही दिन देखि उद्योग वाणिज्य संघले बाल कल्याण समाजसँग संयुक्त रुपमा विभिन्न वस्तुगत संघका सदस्यहरुसँग चरणबद्ध रुपमा बाल श्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गर्दै आएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)