nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालिकाकोलागि भारत भन्दा नेपाल अब्बल

बालिकाहरुका लागि प्राप्त अवसरका आधारमा नेपालको प्रगति देखिएको छ । नेपाल विश्वमा मध्यमस्तरको राष्ट्रका रुपमा रहेको एक रिपोर्टले देखाएको छ । अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बालिकाको अवसर सूचकांकमा विश्वमा ८५ औँ स्थानमा छ ।
कुल १ सय ४४ देश समावेश गरिएको उक्त सूचकांकमा नेपाल अति कम विकशित देशहरुमध्ये बालिकाको अवस्था राम्रो भएको देशमा परेको छ । उक्त सूचकांकमा नेपाल दक्षिण एशिया चौथो स्थानमा रहेको छ ।
नेपालमा बालिकाहरुका लागि प्राप्त अवसर भारत, पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा भन्दा अब्बल रहेको सूचकांकले देखाएको छ ।
सूचकांकमा दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा अग्रस्थानमा छ । माल्दिभ्स ५० औँ स्थानमा परेको छ । त्यस्तै श्रीलंका ६० औँ र भुटान ८० औँ स्थानमा छन् । जुन नेपाल भन्दा अगाडि हो ।
बालविवाह, किशोरावस्थाको गर्भाधारण, मातृ मृत्युदर, संसदमा महिलाको प्रतिनिधित्व र छात्राहरुको निम्न माध्यामिक शिक्षा उत्तीर्ण गर्ने दरजस्ता मानकहरुलाई आधार बनाएर बालिका अवसर सूचकांक तयार गरिएको हो ।

कुन देशको स्थान कहाँ ?

बालिकाहरुका लागि सबैभन्दा बढी अवसर रहेको देशमा स्वीडेन पहिलो नम्बरमा परेको छ । बालिका अवसर सूचकांकमा फिनल्याण्ड दोश्रो, नर्वे तेश्रो, नेदरल्याण्ड चौथो, बेल्जियम पाचौँ, डेनमार्क छैटौँ, स्लोभेनिया सातौँ, पोर्चुगल आठौँ, स्वीटजरल्याण्ड नवौँ तथा इटाली दशौँ स्थानमा छन् ।
त्यस्तै बेलायत १५ औँ, अमेरिका ३२ औँ र जापान ३५ सौँ स्थानमा छन् । नाइजर १४४ औँ स्थानमा रहँदै बालिकाहरुका लागि सबैभन्दा खराब देश बनेको छ । त्यस्तै चाड, मध्य अफ्रिकी गणतन्त्र, माली, सोमालिया, सिएरालियोन, मलावी, गिनी, नाइजेरिया र आइभरी कोष्ट पुछारबाट क्रमशः दशौँ स्थानसम्म रहेका छन् ।

एक मिनेटमा ८ बालिकाको बिहे

विश्वमा बालविवाह अझै यति भयानक दरमा भैरहेको छ कि हरेक सात सेकेण्डमा एक बालिकाको बिहे हुने गरेको छ । सेभ द चिल्ड्रेनको रिपोर्ट अनुसार विश्वमा हरेक ७ सेकेण्डमा १५ वर्ष मुनिकी एकजना बालिकाको बिहे हुने गरेको छ ।
रिपोर्ट अनुसार अफगानिस्तान, यमन, भारत तथा सोमालिया जस्ता देशमा १० वर्षका बालिकाहरुलाई समेत आफुभन्दा निकै पाको उमेरका पुरुषसँग बिहे गर्न बाध्य पार्ने गरिएको छ ।
कम उमेरमै हुने विवाहले महिलाहरुको जीवनका हरेक पाटोमा नकारात्मक प्रभावको चक्र सिर्जना हुने सेभ द चिल्ड्रेनले जनाएको छ ।
द्वन्द्व, गरिबी तथा मानवीय संकटलगायतका तत्वहरुले बालिकाहरुलाई बालविवाहको खतरामा पारेको अध्ययनको निष्कर्ष छ ।
युनिसेफका अनुसार विश्वमा बाल्यावस्थामै विवाह गरेका महिलाको संख्या अहिले ७० करोड छ । सन् २०३० मा यो संख्या ९५ करोड पुग्नेछ ।