Sunday, 14th June, 2026
वि.स.

बार्षिकोत्सवमा ब्राईडल मेकअप शो

आकर्षण ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल(बेहुली) मेकअप शो आयोजना गरिएको छ । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्य रहेको थियो । हेटौंडाकी उपमेयर लामाले महिलाहरुको अधिकार, स्वतन्त्रता र सुखी जिवनका लागि नेतृत्व तहमा महिलाको अनिबार्य सहभागिता रहेको बताइन् । सौन्दर्य प्रतियोगिताहरुले महिला अधिकार र ब्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले ब्यूटी पार्लर र सौन्दर्यकर्मीको भविष्य उज्वल रहेको पनि उनले बताइन् । 

आकर्षण ब्यूटी पार्लरकी प्रबन्ध निर्देशकका अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन मकवानपुरकी पूर्व अध्यक्ष रमा श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघअन्तरगतको महिला उद्यमी विकास समितिकी सभापति निलम बैद्य, मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डे, नेपाल ब्यूटिसियन संघ मकवानपुरकी अध्यक्ष रीना गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ भुटनदेवीकी अध्यक्ष सीता श्रेष्ठ महर्जन, नीजि बिद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हेटौंडा लेडी जेसिजकी २०१९ अध्यक्ष सुष्मा लटौला, अंकिता सुमार्गी, नीरा गोर्खाली लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा आकर्षण ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरबाट तालिम लिएर पार्लर खोल्ने प्रशिक्षार्थीहरु, अतिथीहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०