nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढीपहिरोले गर्दा विशेष नगरसभा

Thaha_Munaaaaaaaa-1564294522.jpg

बाढीपहिरोका कारण मकवानपुरको थाहा नगरपालिकाको चालु आव बजेट संशोधन गर्नुपर्ने भएकाले विशेष नगरसभा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

थाहा नगरको १२ वटै वडाका राजमार्गसँग जोडिने सडक र आन्तरिक मोटरबाटो बाढीपहिरोले क्षतविक्षत् बनाएकाले मोटरबाटोमा राखिएको सवै मर्मत सम्भारमै सकिएकाले बजेट संशोधन गर्न विशेष नगरसभा गर्नुपर्ने अवस्था सिर्जना भएको हो । असार १० गते बजेट प्रस्तुत गरेर असार २५ गते नगरसभाले पारित गरेको बजेटमा नयाँ मोटरवाटोको ट्र्याक नखोल्ने र भएका मोटरबाटोको स्तरीकरण गर्ने नीति पारित गरिएको थियो । उक्त नीति पारित गरेको एक महिना बित्न नपाउँदै थाहा नगरपालिका राजमार्गसँग जोडिएका मोटरबाटो र आन्तरिक सडकहरू सबै क्षत्विक्षत् भए ।

नपाले तत्काल मोटरबाटो मर्मतसम्भार गर्ने कार्य सुरु गर्‍यो । करिब एक साताभित्र राजमार्गसँग जोडिएका सडकहरूको मर्मतसम्भार गरेर सवारीसाधनहरू चल्ने अवस्थामा पुर्‍याउनुको साथै आन्तरिक सडकको मर्मतसम्भार गरिएको थियो । ‘तीन दर्जनभन्दा बढी जेसेभी, डोजर र टिपरहरू प्रयोग गरेर मोटरबाटोहरू मर्मतसम्भार गरियो,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘केही बस्तीका बासिन्दाले सामान्य बाटो बनाउनलाई श्रमदान गरे तर गाउँलेहरूसँग एक पैसा पनि संकलन नगरीकन नगरपालिकाले मोटरबाटोको मर्मत गर्ने कार्य गरियो, केही क्षेत्रमा मर्मतको काम गरिँदै छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)