Wednesday, 26th August, 2026
वि.स.

बाघको छाला तस्करीको आरोपमा ४ जना पक्राउ

Thaha-Tiger-1545976554.jpg

मकवानपुर थाहा नगरपालिका स्थित पालुङ बजारको वरपरको एरियामा जंगली जनावर बन्यजन्तु बाघको छालाको कारोबार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानको क्रममा पाटेबाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा  मकवानपुर थाहा नगरपालिकाका दिल बहादुर घलान, आत्माराम घलान, गोमलाल थिङ
जिल्ला धादिङ गजुरीका दिल बहादुर तामाङ लाई पक्राउ गरेेको छ।

पालुङ बजार नजिकैको जंगली जनावर बन्यजन्तु बाघको छालाको कारोबार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

बन्यजन्तु संरक्षण संघको प्रतिनिधि र प्रहरी कार्यालयबाट खटिएको टोलीले बिशेश सुराकीको आधारमा खोजतलासको क्रममा  शंकास्पद रूपमा जिल्ला मकवानपुर थाहा न.पा. ३ स्थित दोबाटोमा डाँडाबास देखि पालुङ बजार तर्फ आइरहेको ना. ३५ प ४३४२ नम्बरको   मोटरसाइकल र ना. २ ह ३९२७ नं. को अटोमा सबार रहेको जिल्ला मकवानपुर थाहा नगरपालिका र काभ्रेका  ४ जनालाई नियन्त्रणमा लिएको छ ।

सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको मृत पाटे पाटेबाघको छला फेला पारे पश्चात उक्त पाटेबाघको छाला बरामद गरी उक्त कारोबारमा संलग्न रहेका दिल बहादुर घलान, आत्माराम घलान, गोमलाल थिङ, धन बहादुर तामाङ पाटेबाघको छाला र पक्राउ व्यक्तिहरू समेतलाई जिल्ला बन कार्यालय मकवानपुरमा आवश्यक कारबाहीको लागि पठाइएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif