nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

IMG_20210610_073745-1623290045.jpg

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आगामी वर्षका लागि वनाइएका योजना सहितको नीति तथा कार्यक्रम २७ जेठमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रस्तुत गर्नेछन् ।


नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कोरोनाको महामारीमा गरिने धेरै कामहरु समेतटिएको मन्त्री ढुंगेलले वताए ।  दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)