Monday, 15th June, 2026
वि.स.

बागमती प्रदेश सरकारद्वारा अध्यादेश जारी

Bagg-1589252513.jpg

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई सोमबार जारी गरेका छन् ।

बागमती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत बैशाख २२ गते बसेको बैठकले सो अध्यादेश ल्याउन सिफारिस गरेअनुसार सोमबार प्रदेश प्रमुख प्रसाईंले सो अध्यादेश जारी गरेका हुन् ।