nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेश सभा सचिवालयमा २ वटा विधेयक दर्ता

pradeshs-1594635729.jpg

 बागमती प्रदेश सभा सचिवालयमा आज सोमवार दुई वटा विधेयक दर्ता गरिएको छ । प्रदेश सभा सचिवालयमा आज प्रदेश सरकारको तर्फबाट आज २ वटा विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

 सोमवार दर्ता भएको ती विधेयकहरुमा वातावरण संरक्षणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संसोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संसोधन गर्न बनेको विधेयक २०७७ रहेको छ ।

आगामी साउन २ गते बस्ने प्रदेश सभाको बैठकमा ती विधेयकहरुलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत हुने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि असार १९ गते विनियोजित बजेट पारित गरी स्थगित भएको थियो । त्यसपछि असार २९ गते अर्थात सोमवार दिउँसो २ बजेको लागि तय भएको बैठक पनि विभिन्न समस्याका कारण स्थगित गरी साउन २ गतेको लागि तय भएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)