Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेश सभा बैठक बस्दै, बजेटका विषयमा छलफल

bagmatipradesh-sava-1590368671.jpg

बागमती प्रदेश सभाको बजेट अधिवेशन १२ जेठ दिउँसो २ बजे बस्ने भएको छ । जारी लकडाउनको समयमा प्रदेशका १३ जिल्लबाट प्रदेश सभाका सदस्यहरु बैठकमा भाग लिन आउने भएका छन ।

प्रदेश सभाका सांसदहरुले केहीले काठमाडौं र केहीले हेटौंडामा नै स्वाबको नमूना परिक्षणका लागि दिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । यस्तै, प्रदेश सभामा रहन मर्यादापालकसहित २७ जना कर्मचारीहरुको पनि नमूना परिक्षणको लागि संकलन गरिएको प्रदेश सभाका सचिव कृष्णहरी खड्काले बताए । 

बैठकको सबै तयारी सकिएको बताउदैं सचिव खड्काले पहिले ४ जना बस्ने सिटमा अहिले २ जना राखिने अर्थात १ मिटरको दुरी कायम गरिने बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०