nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेश लोकसेवा आयोगद्वारा ४६९ जना कर्मचारी माग

loksewa-1606125587.jpg

बागमती प्रदेशमा पहिलो पटक प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना निकालि प्रदेशका विभिन्न स्थानीय र मन्त्रालयका लागि कर्मचारी माग गरेको हो । सूचना आजको गोरखापत्रमा निकालिएको छ ।

आयोगले प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालय गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रदेशभरीका ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुई वटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरिएको हो ।

प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

 कर्मचारी मागको सूचना :



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)