Tuesday, 1st September, 2026
वि.स.

बागमती प्रदेश लोकसेवा आयोगद्वारा ४६९ जना कर्मचारी माग

loksewa-1606125587.jpg

बागमती प्रदेशमा पहिलो पटक प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना निकालि प्रदेशका विभिन्न स्थानीय र मन्त्रालयका लागि कर्मचारी माग गरेको हो । सूचना आजको गोरखापत्रमा निकालिएको छ ।

आयोगले प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुई मन्त्रालय गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रदेशभरीका ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुई वटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरिएको हो ।

प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

 कर्मचारी मागको सूचना :



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif