Tuesday, 1st September, 2026
वि.स.

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा गुनासो तथा सुझाव संकलन

IMG_5806-1-1604074552.jpg

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गुनासो तथा सुझाव संकलन गरेको छ । प्रदेशका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि राखीएको गुनासो तथा सुझाव संकलन पेटीमा प्राप्‍त भएका गुनासो तथा सुझाव संकलन गरीएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको “गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी योजना २०७७” मा उल्लेखीत व्यवस्था अनुसार आम नागरिकबाट प्राप्‍त भएका सल्लाह, सुझावका साथै गुनासोलाई संकलन गरीएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुनासो तथा सुझाव संकलन पेटीमा हालसम्म ६ वटा गुनासो तथा उजुरी प्राप्त भएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालीकाको कार्यालयमा राखीएको पेटीकाबाट १ र धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको कार्यालयमा राखीएको पेटीकाबाट ५ वटा रहेको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहको कार्यालयमा राखीएको पेटीकामा भने कुनै सुझाव तथा गुनासो राखेको पाईएको थिएन । स्थानीय तहका प्रतिनिधीका साथै स्थानीय प्रहरीको रोहवरमा उक्त पेटीका खोली प्राप्‍त भएका गुनासोहरु प्रदेश प्रहरी कार्यालय हेटौंडामा ल्याईएको छ । प्रदेश प्रहरी कार्यालयमा रहेको गुनासो उजुरी छानविन शाखाले प्राप्‍त गुनासोहरुको सम्बन्धमा उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पश्चात सो को जानकारी सम्बन्धीत व्यक्तिलाई गराईनुका साथै प्रदेश प्रहरीको आधिकारीक वेव साईट मार्फत समेत सार्वजनीक गर्ने छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif