Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट [पढ्नुहोस पूर्णपाठ]

p3-1592229823.png

बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७७-०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको विनियोजन गरेको छ । यो पटक बागमती प्रदेशले गत चालु आर्थिक भन्दा करिब ४ अर्बले धेरै बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षमा ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो । यसैगरि बागमती प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो । आउँदो आर्थिक वर्षको लागि कुल विनियोजनमध्ये चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत रहेको छ ।

आगामी आवको खर्च व्यहोर्नका लागि कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७८ लाख, अन्तर सरकारी अनुदान १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान रहेको छ ।

पढ्नुहोस पूर्णपाठ:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०