Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

बागमती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि ३ करोड दिने

Mukhamantri-1600308222.jpg

बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो । कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg