Thursday, 3rd September, 2026
वि.स.

बागमती प्रदेशमा ९२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त

corona-photo-1606989917.jpg

 बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएकामध्ये करिब ९२ प्रतिशत निको भएका छन्। बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ शाखाले मंसिर १७ बुधबार सार्वजनिक बिवरणअनुसार हालसम्म ९१ दशमलब ७७ प्रतिशत संक्रमणमुक्त भएका हुन्।

प्रदेशमा हालसम्म एक लाख १८ हजार ९९६ जना कोराना संक्रमणमुक्त भएका छन् । जुन ९१.७७ प्रतिशत हुन आउँछ । प्रदेशमा बुधबार ८ सय ८२ जनामा कोरोना संक्रमित देखिएको छ। यससंगै कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ६ सय ६१ पुगेको छ ।

कोरोना संक्रमणकै कारण प्रदेशमा ७ सय ७७ जनाको मृत्यु भइसकेको छ । बुधबार थप पाँच जनाको मृत्यु भएसंगै ७ सय ७७ पुगेको हो । हाल प्रदेशमा ९ हजार ८८८ जना सक्रिया संक्रमित रहेका छन । जसमध्ये १ सय ४४ जना आइसियुमा र ३४ जना भेन्टिलेटरमा राखेरमा उपचाररत छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif