Friday, 19th June, 2026
वि.स.

बागमती प्रदेशमा ७२ प्रतिशत कोरोना संक्रमित निको

corona-1-1604048109.jpg

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण भएका मध्यमा ७२ प्रतिशतको निको भएको छ । हाल सम्म बागमती प्रदेशमा ८५ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्यमा ६१ हजार ४ सय ९३ जनाको कोरोना संक्रमण निको भइसकेको छ ।

आइसोलेनमा रहेका र होम आइसोलेसनमा संक्रमणका कारण वसेकाहरुको कोरोना निको भएको हो । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । 

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०