Saturday, 20th June, 2026
वि.स.

वाग्मती प्रदेशमा स्थानीय तहका लागि कर्मचारी माग

l-1611555218.jpg

बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी पनि माग गरेको छ । यसअघि चौथो र पाँचौ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौ अधिकृत स्तरका कर्मचारी माग गरेको हो । प्रदेशका बिभीन्न स्थानीय तहमा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौंडा कार्यालयले छैटौ अधिकृत स्तरका एक सय ४९ जना खुल्लाबाट र २५ जना बढुवा तर्फका कर्मचारी माग गरेको उनले वताए । लोकसेवा आयोगले प्रशासन तर्फका ५९ जना र बाकी सबै प्राबिधिक तर्फका कर्मचारी माग गरिएको हो ।

माग गरिएका कर्मचारीमा लेखा तर्फका छ जना, शिक्षामा ६ जना, तथ्याङकमा १ जना, सिभील इन्जिनियरतर्फका १४ जना, बिल्डीङ तर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले वताए ।

माग गरिएका स्थानीय तहका कर्मचारी बिकट क्षेत्रका स्थानीय तहमा आवस्यक रहेको र करारमा राख्नका लागि समेत अभाब भएकाहरुले लोकसेवा आयोग मार्फत कर्मचारी माग गर्ने गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०