Monday, 15th June, 2026
वि.स.

बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

Untitled-1-1579495612.jpg

बागमती प्रदेशले माघ १० गते सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्होरमुसा वर्ग सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेशको प्रमुख चाड पर्ब भएको भन्दै बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ल्होछार माघ ११ गते परेपनि १० गते नै बिदा दिएको हो । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।