nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशमा संक्रमितको संख्या २१ हजार नाघ्यो

corona-photo-1600670636.jpg

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार नाघेको छ ।

आईतबार प्रदेशभर ८ सय ४६ मा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै बागमतीमा संक्रमितको संख्या २१ हजार ७० पुगेको छ । यसैगरि बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ९ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

बागमतीमा हालसम्म कोरोनाको कारण १ सय ४५ जनाको मृत्यु भएको छ । आजको दिनमा प्रदेशमा ९ हजार ९ सय ८४ संक्रमित उपचाररत रहेका छन् ।

नेपालमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ जसमा हालसम्म ४६ हजार २ सय ३३ संक्रमण मुक्त भएका छन् । देशभर कोरोनाको कारण ४ सय ११ जनाको मृत्यु भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)