Monday, 15th June, 2026
वि.स.

बागमती प्रदेशमा यातायातमा मात्र साढे ३ अर्व राजस्व संकलन

bagamat-1584784002.jpg

बागमती प्रदेश सरकारले दोस्रो चौमासिक सम्ममा यातायात क्षेत्रमा मात्र साढे ३ अर्व रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेशको यातायात क्षेत्रबाट ३ अर्व ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरिएको हो ।

चालु आर्थिक वर्षको साउन महिना देखि फागुन मसान्त सम्ममा यो राजस्व संकलन गरिएको बागमती प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत नेत्र काकीले जानकारी दिए ।

बागमती प्रदेशले सवै भन्दा वडी यातायात क्षेत्र, ढुङ्गा, गिट्टी, वालुवा क्षेत्रबाट राजस्व संकलन गर्नेगरेको उनले वताए । चालु आर्थिक वर्षका लागि संघीय सरकार र प्रदेशको आन्तरिक श्रोत समेतगर ४७ अर्व ६३ करोड ७५ लाख रुपैयाँ राजस्वसंकलन गर्ने लक्ष राखेको छ ।

संघीय सरकारको अनुदान, प्रदेश सरकारले संकलन गर्ने राजश्व र स्थानीय सरकार मार्फत बाँडफाँडबाट प्राप्त हुने राजस्व समेत गरेर ४७ अर्व रुपैयाँ भन्दा वडी संकलन गर्ने लक्ष लिएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

bagamat-1584784014.jpg