Saturday, 20th June, 2026
वि.स.

बागमती प्रदेशमा खानेपानीको ३३ योजना सम्पन्न

pani-1612072129.jpg

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानीका ३३ वटा योजना सम्पन्न गरेको छ । “एक घर, एक धारा” कार्यक्रम अन्तर्गत ३३ वटा खानेपानीको आयोजना सम्पन्न भएको हो । मन्त्रालय अन्तरगतका जिल्ला स्तरका कार्यालयले २८ वटा आयोजनाको गुणस्तर सुधार गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले बताए ।

यी दुवै कार्यबाट ७४ हजार १ सय ५६ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । २५ वटा खानेपानीको आयोजनाहरूको सम्भाव्यता अध्ययन समेत गरिएको छ । १ सय ९ वटा आयोजनाहरूको विस्तृत आयोजना प्रतिवेदन तयार भएको र अब छिट्टै कार्यान्वयनमा लैजाने मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०