Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८१८ पुग्यो

covide-1594792777.jpg

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय १८ पगेको छ ।मंगलबार प्रदेशको ५ जिल्लामा थप ७ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ८ सय १८ पुगेको हो ।

थपिएका नयाँ संक्रमितमा काठमाण्डौका २ जना,नुवाकोटका १ जना,सिन्धुलीका १ जना,काभ्रेका २ जना र सिन्धुपाल्चोकका १ जना गरि ७ जना रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार संक्रमित मध्ये ३ सय ४४ जना उपचार पछि निको भएको छ ।

प्रदेशमा हालसम्म संक्रमित मध्ये सबैभन्दा बढी काठमाण्डौंका रहेका छन् । काठमाण्डौमा हालसम्म संक्रमितको संख्या २ सय ३७ पुगेको छ ।यसैगरि प्रदेशमा कोरोनाको कारण हालसम्म ९ जनाले ज्यान गुमाएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०