nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

corona-photo-1600579896.jpg

बागमती प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या २० हजार २२४ जना पुगेको छ । प्रदेशमा शनिवार थप ७८२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या २० हजार २२४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १० हजार ५३६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणकाट मृत्यु हुनेको संख्या १३८ जना पुगेको छ । प्रदेशमा शनिवार मकवानपुरका एक महिलासहित थप ६ जना संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

शनिवार प्रदेशको ललितपुरका २ महिला र १ पुरुष गरी ३ जना, काठमाडौंका एक महिला र एक पुरुष गरी २ जना र मकवानपुरका एक महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार, हाल ५०४जना क्वारेन्टाइनमा, १ हजार ३१९ जना होमक्वारेन्टाइनमा र ३ हजार ७३९ जना आइसोलेशनमा बस्दै आएका छन् ।

त्यस्तै, प्रदेशमा कोरोना संक्रमणको आशंकामा हालसम्म ८२ हजार ६५१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)