krishi-4-1744105937.jpg
Wednesday, 30th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहानगरमा एक महिला मृत अवस्थामा फेला

IMG_20240313_200621-1710339820.jpg

थाहानगरकाे वडा नम्बर १० मा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।  ३० फागुनमा थाहा नगरपालिका–१० स्थित तल्लो बिसिङ्गखेलमा स्थानीय ५० बर्षीया ज्ञानीमाया गमाल आफै घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानियले बोलाउँदा ज्ञानीमायाको घरको ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरको टोली पुगेर स्थानीयहरुको रोहावरमा घरको ढोका खोलेर हेर्दा ज्ञानीमाया खाटमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०