Saturday, 5th September, 2026
वि.स.

थाहानगरमा एक महिला मृत अवस्थामा फेला

IMG_20240313_200621-1710339820.jpg

थाहानगरकाे वडा नम्बर १० मा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।  ३० फागुनमा थाहा नगरपालिका–१० स्थित तल्लो बिसिङ्गखेलमा स्थानीय ५० बर्षीया ज्ञानीमाया गमाल आफै घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानियले बोलाउँदा ज्ञानीमायाको घरको ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरको टोली पुगेर स्थानीयहरुको रोहावरमा घरको ढोका खोलेर हेर्दा ज्ञानीमाया खाटमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif