Friday, 4th September, 2026
वि.स.

नानीछाेरीप्रति एमालेकाे श्रद्धाञ्जली

8c8f589332c6d8604e169ce99-1707405225.jpg

नेकपा एमालेका संगठित सदस्य तथा पूर्व जनप्रतिनिधि नानीछोरी प्रधानको सम्झनामा एमाले थाहा नगरपालिका वडा नम्बर २ कमिटीले श्रद्धाञ्जली सभा गरेको छ ।

साविक पालुङ गाविसमा जनप्रतिनिधि नानीछोरी प्रधानको निधन भएको तेह्रौं दिनको पुण्यतिथिमा २५ माघमा  श्रद्धाञ्जली  सभा गरिएकाे हाे ।

वडा कमिटी उपाध्यक्ष रमण श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य एवम् थाहानगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानले नानीछोरी प्रधान तत्कालीन समयमा महिला सशक्तीकरणको अगुवा रहेको स्मरण गर्दै महिला आन्दोलनमा अग्रणी भूमिका रहेको बताए ।

सभामा जिल्ला कमिटी सदस्य कल्पना बलामीले नानीछोरी प्रधानको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताइन् । सभामा एमाले बागमती प्रदेशका पूर्व सदस्य श्यामभक्त श्रेष्ठले प्रधानको जीवनी सुनाए ।

सभामा एमाले जिल्ला कमिटी सदस्य शिवराम थापा, पूर्व जिल्ला कमिटी सदस्यहरु विमलकुमार ढकाल, सगुन कुमार ढकाल, निवर्तमान  वडा अध्यक्ष गुप्त बहादुर कार्की, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु मधुकर विक्रम श्रेष्ठ, प्रदिप प्रधान, सिताराम थापालगायतको सहभागिता थियो ।
२०५४ को स्थानीय निर्वाचनमा नानीछोरी प्रधानले एमालेका तर्फबाट महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनको ७० वर्षको उमेरमा  १३ माघमा आफ्नै निवासमा निधन भएको थियाे ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif