nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय स्काउट मनहरीकाे आयुक्तमा अनन्त पाैडेल

IMG_20240302_081834-1709346946.jpg

नेपाल स्काउटअन्तर्गत मकवानपुरकाे मनहरी गाउँपालिकाकाे स्थानीय आयुक्तमा स्काउटर अनन्त पाैडेल नियुक्त भएका छन् । नेपाल स्काउट नियमावली अनुसार मनहरी गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्काउट संरक्षक रन्जन कालाखेतीले पाैडेललाई स्काउटको  स्थानीय आयुक्त नियुक्त गरेका हुन् ।

मनहरी गाउँ कार्यपालिका कार्यालयमा भएकाे एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उक्त हस्तान्तरण गरेका थिए । साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसअघि २२ माघमा मनहरीमा स्थानीय स्काउट सदस्यहरुकाे निर्वाचन भएकाे थियाे । परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल, रोशनी दर्जी र संजिता मगर रहेका छन् ।

यसरी निर्वाचित सदस्यहरु मध्येबाट एक जनालाई पालिका प्रमुखले स्थानीय आयुक्त नियुक्त  गर्ने कानूनी व्यवस्था छ । यसअघि मकवानपुरकाे थाहा नगरपालिका र बागमती गाउँपालिकामा स्थानीय आयुक्त नियुक्त भइसकेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)