Friday, 4th September, 2026
वि.स.

स्थानीय स्काउट मनहरीकाे आयुक्तमा अनन्त पाैडेल

IMG_20240302_081834-1709346946.jpg

नेपाल स्काउटअन्तर्गत मकवानपुरकाे मनहरी गाउँपालिकाकाे स्थानीय आयुक्तमा स्काउटर अनन्त पाैडेल नियुक्त भएका छन् । नेपाल स्काउट नियमावली अनुसार मनहरी गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्काउट संरक्षक रन्जन कालाखेतीले पाैडेललाई स्काउटको  स्थानीय आयुक्त नियुक्त गरेका हुन् ।

मनहरी गाउँ कार्यपालिका कार्यालयमा भएकाे एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उक्त हस्तान्तरण गरेका थिए । साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसअघि २२ माघमा मनहरीमा स्थानीय स्काउट सदस्यहरुकाे निर्वाचन भएकाे थियाे । परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल, रोशनी दर्जी र संजिता मगर रहेका छन् ।

यसरी निर्वाचित सदस्यहरु मध्येबाट एक जनालाई पालिका प्रमुखले स्थानीय आयुक्त नियुक्त  गर्ने कानूनी व्यवस्था छ । यसअघि मकवानपुरकाे थाहा नगरपालिका र बागमती गाउँपालिकामा स्थानीय आयुक्त नियुक्त भइसकेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif