krishi-4-1744105937.jpg
Wednesday, 30th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहाकाे ठूलाेमाखुमा ल्हाेछार : चेलीबेटी भेटघाट र साँस्कृतिक कार्यक्रम

lo3-1707406441.jpg

सोनाम ल्होछारकाे अवसरमा थाहा नगरपालिका-४  ठुलोमाखुमा चेलीबेटी  भेटघाट तथा भव्य  साँस्कृतिक कार्यक्रम भएकाे छ ।

स्थानीय तामाङ समुदायको  आयोजनामा ल्होछारका अवसरमा २५ माघमा गरिएको चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रममा थाहा ४ को माथिल्लो भेगमा  बसोवास गर्ने तामाङहरु आफ्नो वेशभूषामा उपस्थित थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले सबै जातजातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताउदै सबै धर्म र संस्कृतिको जगेर्ना गर्न थाहा नगरपालिका सदैव तयार रहेको स्पष्ट पारे ।

विष्टले तामाङहरु विश्वको कुनै पनि स्थानमा बसोबास गरे पनि आफ्नो मौलिकतालाई जोगाइराख्न आआफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताउदै ल्होछारको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यपालिका सदस्य तथा आयोजक समितिको संयोजक चन्द्रमाया थिङको सभाध्यक्षतामा   भएको ल्होछार कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतित्थ्यतासंगै वडा न ४ का अध्यक्ष नारायण लामा,वडा सदस्यहरु सुन्दर केसी, अक्षय कुमार थिङ, शान्ति बिश्वकर्मा, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,पत्रकार शम्भु अधिकारी, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश सचिव जमिन दियाली, माओवादी केन्द्र थाहा ४ का सदस्य मिना लामा, थाहा कोशेली घरका संयोजक राजकुमार पन्थ  लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा तामाङ संस्कृति ,भेषभुषा,तामाङ खानाका परिकारका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०