Friday, 4th September, 2026
वि.स.

अग्नीपीडितसँग पालुङ जेसीज, रु. ३२,१७५ नगद सहयाेग

IMG_20240313_193936-1710338261.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई पालुङ जेसीजले नगद रु. ३२,१७५ सहयोग गरेकाे छ ।

लामाकाे घरमै पुगेर जेसीजले थहा-११ का वडा अध्यक्ष दिनेश बलकाे प्रमुख आतिथ्यमा आर्थिक सहयाेग गरेकाे हाे । लामालाई  नगद हस्तान्तरणमा  पालुङ जेसीजका वर्तमान अध्यक्ष निरज रायमाझी, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नवराज लामा, महासचिव विक्रम गाेपाली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएर आगलागीमा परेकाे थियाे । आगलागीबाट लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif