nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वयंसेवी रक्तदाता समाजको हेटौंडा नगर समिति गठन

raktadata-1707231343.jpg

नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत २३ माघमा एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ । 

भेलाले पूर्ण प्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेकोे हो । समितिको उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले र कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन भएका छन् । समितिको सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी चुनिएका छन् ।

समाजका मकवानपुर अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको भेलाले हेटौंडा नगर समिति गठन गरेको हो । नव गठित पदाधिकारीहरुलाई मकवानपुर अध्यक्ष प्रधानले शपथ ग्रहण गराउँदै रगतको अभावमा कोही मर्न नदिन आफ्नो अभियान सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले विभिन्न निकायहरुले रगत जाँच र रगत ब्यागको नाममा लिइरहेको शुल्क अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिँदै रक्तदाताहरु संगठित हुन आवश्यक रहेको औंल्याए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)