Friday, 4th September, 2026
वि.स.

स्वयंसेवी रक्तदाता समाजको हेटौंडा नगर समिति गठन

raktadata-1707231343.jpg

नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत २३ माघमा एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ । 

भेलाले पूर्ण प्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेकोे हो । समितिको उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले र कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन भएका छन् । समितिको सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी चुनिएका छन् ।

समाजका मकवानपुर अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको भेलाले हेटौंडा नगर समिति गठन गरेको हो । नव गठित पदाधिकारीहरुलाई मकवानपुर अध्यक्ष प्रधानले शपथ ग्रहण गराउँदै रगतको अभावमा कोही मर्न नदिन आफ्नो अभियान सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले विभिन्न निकायहरुले रगत जाँच र रगत ब्यागको नाममा लिइरहेको शुल्क अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिँदै रक्तदाताहरु संगठित हुन आवश्यक रहेको औंल्याए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif