Wednesday, 17th June, 2026
वि.स.

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या साढे १४ हजार नाघ्यो

corona-photo-1599974570.jpg

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ५९७ जना पुगेको छ । प्रदेशमा शनिवार थप ५४४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४ हजार ५९७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा. पुरुषोत्तम राज सेढाईका प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६ हजार ८२० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । प्रदेशमा शनिवार थप २८५ जना संक्रमण भएसँगै निको हुनेको संख्या ६ हजार ८२० जना पुगेको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणकाट मृत्यु हुनेको संख्या १०१ जना पुगेको छ । प्रदेशमा शनिवार थप ६ जना संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

शनिवार प्रदेशको काठमाडौंका ७६ वर्षीया महिला र ५१ र ५४ वर्षीय दुई पुरुष गरी ३ जना, भक्तपुरका ७२ र ३८ वर्षीय २ पुरुष र चितवनका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार, हाल ४९१ जना क्वारेन्टाइनमा, १ हजार २९८ जना होमक्वारेन्टाइनमा र ३ हजार ६६२ जना आइसोलेशनमा बस्दै आएका छन् ।

त्यस्तै, प्रदेशमा कोरोना संक्रमणको आशंकामा हालसम्म ७९ हजार ४२२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०