Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेशको प्रमुख सचिवमा मानबहादुर बिक

केही दिन अघि बढुवा भएका सचिव मान बहादुर विक बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छ्न । ५ साउन साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।

बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बागमती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०