nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशका २०३ जना आइसोलेसनमा

qurentine-1585992476.png

कोरोना संक्रमणको आशंकामा बागमती प्रदेशका २ सय ३ जना आइसोलेसनमा राखिएको छ। चितवनमा १ सय ६१, ललितपुरमा २६, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा ५, काभ्रेमा ३, मकवानपुरमा र नुवाकोटमा १र१ जना आइसोलेसनमा छन्।

ती मध्ये १ सय ३३ जनाको स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए। प्रदेशका १३ जिल्लामा ६ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन्। २४ घण्टायता ११ जनालाई आइसोलेसनमा राखिएको र १ जना थप शंकास्पदलाई आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। प्रदेशका १३ जिल्लामा २ हजार ८३ क्वारेन्टाइन शैय्या निर्माण गरिएको मन्त्रालयको तथ्यांक छ।

प्रदेशभित्र ५ सय ४९ आईसोलेसन शैय्या, १ सय ७८ आईसीयु शैय्या र ६ सय ९२ थान पीपीईको प्रबन्ध भएको प्रवक्ता सुवेदीले बताए। त्यस्तै, थप १ हजार १ सय ४६ क्वारेन्टाइन शैय्या, १२सय २९ वटा आईसोलेशन शैय्या र २३ वटा आईसीयु शैय्या समेत तयारीको क्रममा रहेको उनले जानकारी दिए।

कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २ सय ५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७ सय १३, हेल्पररनर्स सहयोगी ४ सय ७५ र १ सय ५७ जना ल्याबोरेटरी प्रर्सनलाई तयारी अवस्थामा राखिएको छ।

२४ घण्टे सहायता कक्षको प्रबन्ध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ। प्रदेशभित्र अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने व्यवस्था गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए। यसै वीच प्रदेशभित्र ११ हजार २ सय ९० मेट्रिकन चामल, ३२ हजार मेट्रिक टन नुन र खाना पकाउने ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको र विक्री वितरण सहज बनाइएको उनको भनाइ छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)