Saturday, 20th June, 2026
वि.स.

बागमती प्रदेशका १३ जिल्लामा पत्रकारिता तालिम

talim-1612940162.jpg

सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत बागमती प्रदेसका १३ जिल्ला युवाहरुलाई मदन भण्डारी फाउन्डेसनले पत्रकारिता तालिम दिने भएको छ। बागमती प्रदेसका काठमाडौं ,ललितपुर ,भक्तपुर ,रसुवा, नुवाकोट,धादिंग ,काभ्रेपलान्चोक,सिन्धुपाल्चोक ,रामेछाप ,सिन्धुली ,मकवानपुर ,चितवन र दोलखा जिल्लाका प्रत्येक स्थानीय तह बाट २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको हो।

काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमा भएको तालिमको सफल समापन पश्चात प्रदेस स्तरीय तालिम आयोजना गर्न लागिएको हो। उक्त तालिममा सहभागीहरुलाई पत्रकारिताको परिचय , सिप ,लेखन ,फोटो पत्रकारिता ,अनलाइन पत्रकारिता ,स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरुमा प्रशिक्षण प्रदान गरिने फाउन्डेसनले जानकारी दिएको छ।

फागुन १ गते शुरु हुने तालिममा काठमाडौं ,ललितपुर ,भक्तपुर ,काभेपलान्चोको तालिम हुनेछ भने फागुन २ गते बाट दोलखा ,सिन्धुली रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको तालिम हुनेछ । त्यस्तै फागुन ३ गते बाट धादिंग ,नुवाकोट र रसुवाको तालिम हुने आयोजकले जानकारी दिएको छ।त्यस्तै मकवानपुर र चितवनजिल्लाको फागुन १० गते बाट चितवनमा तालिम संचालन हुनेछ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०