Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेशका प्रमुख सचिव रायाको बिदाई

IMG_6601-1595523285.JPG

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा भएका प्रमुख सचिव तोयम रायाको विदाई गरेका छन् । ८ साउननमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उनको बिदाई गरेका हुन्र ।

बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायाको कार्यकालको प्रसंशा गरे । आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गरे । करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो ।
प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेश संग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गरे । प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरु प्रति आभार ब्यक्त गरे ।

यसैगरी प्रदेशका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै धन्यबाद दिए । प्रमुख सचिब रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा. मानबहादुर बिश्वकर्मा सरुवा भएर आउँदैछन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०