nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती गाउँपालिकामा विकासले गति यसरी लिँदैछ

स्थानिय तहलाई अधिकार सम्पन्न गरेलगतै गाँउले बिकासमा फड्को मार्न थालेको छ । दुरदराजका गाउँमा बिस्तारै बिकासका पूर्वाधारले स्थान पाउन थालेका छन् । मकवानपुरको पूर्वि क्षेत्र बागमती गाउँपालिकाकाको वडा नम्बर १ गुर्दुमदेखी ३ नम्बर वडाको गढन जोड्ने बाटो निर्माण तिब्र गतिमा चलिरहेको छ । वडालाई गाउँपालिका तथा सदरमुकामसम्म जोड्ने काम भैरहेको हो । सडक अभाबमा सदरमुकाम हेटौंडा आउन त्यस क्षेत्रका जनता २ घण्टाको पैदल यात्रा गरि मुख्य सडक आउनुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हट्ने स्थानियको आशा छ ।

बागमती गाउँपालिकाको ४५ लाख बिनियोजित बजेटबाट अहिले ६ किलोमिटरको सडक निर्माण कार्य चलिरहेको हो । हालसम्म सांढे ३ किलोमिटर सडक निमार्ण सम्पन्न भैसकेको गुर्दुम गढन देउजर सडक उपभोक्ता समितीका अध्यक्ष कर्साङ सिं पाख्रिनले बताए । उक्त सडक निमार्णको अनुगमन गर्न पुगेका तीन नम्बर वडा अध्यक्ष बलबहादुर पाख्रिनले सडक निमार्ण सम्पन्न भएसंगै यसैवर्षबाट यात्रुबस सञ्चालन गरिने जानकारी दिए । यस्तै अनुगमनमा पुगेका नेकपा माओवादी केन्द्र मकवानपुरका सञ्चार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले बाटो निमार्ण भएपछि ३ नम्बर वडाका जनताको आर्थिक, सामाजिक र शैक्षिक बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । गत माघ २ गतेदेखि सडक निमार्ण थालनी गरेको समितीले यसै आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गरिने समितीले जनाएको छ । यता, बागमती गाउँपालिकाकै वडा नम्बर ३ र ४ जोड्ने सडक र वडा नम्बर ४ को घट्टेदमार जोड्ने सडक निमार्णको काम सम्पन्न भैसकेको वडा अध्यक्ष पाख्रिनले बताए । दुबै सडक निमार्ण कार्य सम्पन्न गर्न दश र तीन लाख रुपैया बजेट बिनियोजन भएको थियो । वडा नम्बर ३ कै गढनमा खेल मैदान,सोही वडाकै सल्लेनी, गढनशिर र देउजरमा खानेपानी आयोजनाको निमार्ण कार्य पनि जारी छ ।

खेल मैदान निमार्णका लागि तीन लाख, खानेपानीको लागि क्रमशःपन्ध्र, तीन र पाँच लाख बजेट बिनियोजन गरिएको छ । यता बागमती गाउँपालिका वडा नम्बर ३ गढनस्थित तिनतले बुद्ध मन्दिर र चिरुवा माझी टोल चर्च र तिनभंगाले चर्च निमार्णको प्रक्रिया चलिरहेको छ । यसैगरि वडा नम्बर ३ कै ज्ञानमन्दिर निमाबिको बिनियोजित तीन लाख रुपैयाँ बजेटमा सोलार र कम्युटर जडान कार्य सम्पन्न भएको वडा अध्यक्ष बलबहादुर पाख्रिनले जानकारी दिए ।

रुपा गुरुङ



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg