Friday, 19th June, 2026
वि.स.

बहुउपयोगी महका गुणहरु केके हुन् ?

honey1-1603006180.jpg

आयुर्वेदिक औषधीय गुण भएको खान लगाउन ठीक बहुउपयोगी बस्तु महलाई धेरै गुणहरुको अमृत पनि मानिन्छ। हामीले दैनिक रुपमा महलाई सहि तरिकाबाट प्रयोग गर्न जान्यौ भने यसले धेरै लाभ पुग्दछ। महले छालाको लागि मोइस्चराइजरको काम गनुका साथै शरीरमा रोगप्रतिरोधक क्षमता वृदि गर्दछ। 

१. अंपच तथा पेट दर्दमा मह र दालचिनीको मिश्रणले अल्सर पेट जन्य समस्यालाई कम गर्दछ।

२. महले पेटको ग्याँस हटाउन, पेट सफा राख्न र शरीरलाई र्फुतिलो राख्न मदत गर्दछ।

३. बालबालिकाहरुको लागि चिनीको गुलियो भन्दा महको गुलियो अति आवश्यक हुने गर्दछ। यसको सेवनले चिसो 
४. शरीरमा रगतको कमी हुन नदिने, हड्डी, नशा, छाला लगायत शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ।

५. शरीरको मालिस शुद्घ तोरीको तेलमा मह मिसाएर प्रयोग गर्नाले शरीरमा रोगहरुले आक्रमण गर्न सक्दैन।

६. महको प्रयोगले दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ।

७. एक गिलास पानीमा एक चम्चा मह हालेर कुल्ला गरेमा घाँटी बसेको ठीक हुन्छ र स्वस्थ हुन्छ।

८. बेलपत्रको धुलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघाखोकी र ज्वरो पनि ठीक हुन्छ।

९. पिम्पल्स आएको खण्डमा मह र दाल चिनीको धुलो मिसाएर पेस्ट बनाउने र पिम्पल्समा लगाउने र रातभरी राखेर बिहान हल्का तातो पानीले धुने गर्नाले पिम्पल्स निको हुन्छ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०