Saturday, 20th June, 2026
वि.स.

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

d-body-1613991543.jpg

 ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । 

सोमवार दिउँसो बसले जावलाखेल चोकमा स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा अल्का अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान खुल्न नसकेको परिसरका प्रहरी उपरीक्षक ९एसपी० एवम् प्रवक्ता प्रज्ज्वल महर्जनले जानकारी दिए। 

बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बस चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक महर्जनले जानकारी दिए।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०