Wednesday, 17th June, 2026
वि.स.

बसले ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

accident-new-1601272698.jpg

बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार आइतबार भएको दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको छ ।

 बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०