Tuesday, 16th June, 2026
वि.स.

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

sushant-1592127452.jpg

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

‘कोई पो चे’बाट डेब्यु गरेका सुशान्त अभिनित केदारनाथ, ‘छिछोरे’, ‘एम.एस धोनी’, पिकेु, शुद्ध देसी रोमान्सु, सोनचिडैयाु लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०