Wednesday, 26th August, 2026
वि.स.

बर्षेनी बढ्ने बेरुजु रोक्नुपर्छ–मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक बर्ष बढ्ने बेरुजु खर्च रोक्नुपर्ने बताएकाछन् । आधारबिना प्रत्येक बर्ष बेरुजु बढ्नु आर्थिक अनियमितता भएको उनले बताए । 

महालेखा परिक्षकको कार्यालयको आयोजनामा २७ मंसिरमा भएको लेखा परिक्षण सम्बन्धी भएको छलफलमा बोल्दै उनलेले कसरी हुन्छ बेरुजी घटाउनुपर्ने बताए । प्रत्येक बर्ष बढ्ने यस्ता खर्चहरुलाई महालेखाले निरुत्साहित गर्नुपर्ने पनि उनको भनाई थियो । प्रदेश सरकारले भ्रष्टाचारमुक्त पारदर्शी सरकारको उद्देश्य लिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका खर्चहरुको विवरण जनताले समेत विश्वास गर्ने खालको हुनुपर्ने धारणा राखे । लेखा परिक्षणलाई औपचारीकता पुरा गर्ने मात्र नभई पारदर्शी बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले खर्चको प्रणालीमा केहि समस्या रहेको भन्दै नीतिगतरुपमा सच्याउन आबश्यक रहेको बताए ।  विभिन्न बहानामा बजेट चुहावट भएको भन्दै यसको नियन्त्रण गर्न आग्रह गरे । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले लेखा परिक्षणको विषयमा अझै पनि धेरैलाई जानकारी नहरेको बताए । 

कार्यक्रममा बोल्दै महालेपरिक्षक टंकमणि शर्माले धेरै वटा चरण पार गरपछि मात्र लेखा परिक्षण सम्पन्न हुने भएकोले यसको विषयमा शंका नगर्न आग्रह गरे। सबै खर्चहरुको दुरुस्त कागजात अनुसार नै लेखा परिक्षण हुने उनले जानकारी दिए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटा, प्रदेशका मन्त्रालयका सचिबहरु, महालेखा परिक्षकको कार्यालयका प्रतिनधिहरुको सहभागिता रहेको थियो ।


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif